Rule 30A
पदस्थापनको आधार
(१) ऐनको दफा १७ को उपदफा (१) बमोजिम चिकित्सकलाई
पदस्थापन गर्दा निजको सेवा आवश्यक देखिएमा केन्द्रीय, क्षेत्रीय, अञ्चल वा जिल्ला
अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र वा चिकित्सालयमा पदस्थापन गरिनेछ ।
(२) उपनियम (१) मा लेखिएदेखि बाहेक सेवाका अन्य कर्मचारीलाई पदस्थापन
गर्दा निजको शैक्षिक योग्यता, तालीम र अनुभवलाई समेत आधार मानी स्वीकृत
दरबन्दीभित्र रही अस्पताल, स्वास्थ्य संस्था वा कार्यालयमा पदस्थापन गरिनेछ ।